१ कार्तिक २०८३, शनिबार

भारतमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

रौतहटबाट बाबा वैद्यनाथ धाम र बासुकी नाथको दर्शन गरेर फर्कने क्रममा झारखण्ड राज्यको कोडरमा जिल्लास्थित पोखरडीहा मोड नजिकै बस ट्रकसँग ठोक्किएर दुर्घटना भएको बताइएको हो ।

मृतक तीन जनामध्ये एक १२ वर्षीय बालक रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अन्य दुई मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनामा ५० जना घाइते भएका छन् ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।