१ कार्तिक २०८३, आइतबार

रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ घाइते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा । अविरल वर्षाका कारण पहिरो जाँदा थबाङ गाउँपालिका–५ बोटलबारामा घर र गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा थबाङ–५ बोटलबाराका १८ वर्षीया शान्ति पुन मगर र सोही स्थानका ६० वर्षीय कमलबहादुर पुन मगर छन् ।

घाइते हुनेमा सोही स्थानका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर छन् ।

बुधबार दिउँसोदेखि परेको वर्षाका कारण पहिरो जाँदा घरसहित गोठ पुरिएका थिए ।

प्रहरी र स्थानीयबासीको सहयोगमा घाइतेको उद्धार गरी स्वास्थ्य संस्थामा पठाइएको छ । दुवैको अवस्था गम्भीर रहेको जनाइएको छ ।