मोरङ । पथरी बजार अनुगमनको क्रममा लुकाएर राखिएको १९ वटा भरिएका एलपी ग्याँस सिलिन्डर बरामद गरिएको छ ।
बुधबार पथरीशनिश्चरे नगर उपप्रमुखको नेतृत्वले ग्यास डिपोको अनुगमन गर्दा एउटै डिपो बाट सो परिणामको ग्यास बरामद गरिएको हो ।
पथरी शनिश्चरे नगरपालिका–१ स्थित रत्नचौकमा रहेको कोशी ग्याँस डिलरको विक्रेता भुल्केदेवी ट्रेड एण्ड सप्लायर्सका सञ्चालकले आफ्नै घरमा लुकाएर राखेको अवस्थामा ती ग्याँस सिलिन्डर बरामद गरिएको हो ।
उपप्रमुख देबिमाया काफ्लेको टोलीले ग्यास डिपोमा ग्यास नभएको र बजारमा कृतिम अभाब देखाएर महँगो मूल्यमा सप्लायर्सका सन्चालकले बिक्री गरेको गुनासोका आधारमा सन्चालक तेजेन्द्र राजभण्डारीको घरमा छापा मारेको थियो ।
राजभण्डारीले १० दिन देखि ग्यास नभएको भन्दै उपभोक्तालाई फर्काउँदै आएका थिए भने महँगो मूल्यमा ग्यास दिने गरेको गुनासो उपभोक्ताको थियो । बरामद गरिएको ग्यास आजै कोशी ग्यासका उपभोक्तालाई बितरण गरिएको छ भने सप्लायर्स सन्चालकलाई सचेत गराईएको छ ।
बजारमा ग्याँसको कालोबजारी भइरहेको भन्ने सूचना प्राप्त भएपछि उपमेयर काफ्ले सहितको टोलीले अनुगमनलाई तीव्रता दिएको छ । राजभण्डारी पथरी उधोग बाणिज्य संघका निबर्तमान कोषाध्यक्ष हुन भने दुर्गा प्रसाईं सम्बन्ध दलका स्थानीय नेता हुन् ।
यसैक्रममा समितिले वडा नं. १ मा रहेको दिपक हार्डवेयरमा ग्याँस बिक्री वितरणको प्रमाण–पत्र बिनै ग्यास बिक्री गरिएको पाइएकाले सो का लागि पनि सचेत गराईएको छ ।















प्रतिक्रिया