१ कार्तिक २०८३, शनिबार

धनुषा जिल्ला अदालतको गेटमा महिलाले गरिन् आत्मदाहको प्रयास

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा । जिल्ला अदालत, धनुषाको गेटमा एक जना महिलाले आत्मदाहको प्रयास गरेकी छन्।

बुधबार जनकपुरधाम उपमहानगरपालिका–३ की ५५ वर्षीया फूलकुमारी रजकले आत्मदाहको प्रयास गरेकी हुन्। उनले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाउने तयारी गर्दै गर्दा प्रहरीले नियन्त्रणमा लिन सफल भएको थियो ।

अदालतमा मिटरब्याजी हरेराम शसाह र गोपाल साहविरुद्ध थुनछेकको बहस चलिरहँदा आत्मदाहको प्रयास भएको हो । उनीहरूलाई कारबाहीको माग गर्र्दै मिटरब्याज पीडितले अहिले पनि प्रदर्शन गरिरहेका छन् ।