काठमाडौं । राष्ट्रिय सभाको बैठक आज (बुधबार) बस्दैछ ।
बैठक संघीय संसद भवन सिंहदरबारमा दिउँसो १ः१५ बजेबाट बस्नेछ ।
आजको बैठकमा राष्ट्रिय सभाका सचिव तुलबहादुर कँडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जोगाउनेसम्बन्धी विधेयक, २०८३’का सबन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ सभा समक्ष पेश गर्नेछन् भने कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘संङक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछिन् ।
















प्रतिक्रिया