१ कार्तिक २०८३, शनिबार

रोजगारीका लागि जापान पठाइदिने भन्दै २ करोड ८० लाख ठग्ने कन्सल्टेन्सीका सीईओ पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रोजगारीका लागि जापान पठाइदिन्छु भन्दै २ करोड ८० लाख ठगी गर्ने कन्सल्टेन्सीका सीईओ पक्राउ परको छन् ।

उनले १ सय १५ जनाबाट २ करोड ८० लाख रुपैयाँ ठगी गरेको प्रहरीले जानकारी दिएको हो । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका- ७ चाङ्गाथलीका २९ वर्षीय प्रतीक बुढाथोकी रहेका छन्।

उनलाई वैदेशिक रोजगार विभागबाट जारी भएको पक्राउ पुर्जीका आधारमा सोमबार बुटवलबाट पक्राउ गरिएको हो । उनले गेटस्वि एन्टरनेशनल प्रालि नामको कन्सल्टेन्सीमार्फत् १ सय १५ जनालाई ठगी गरेका थिए ।