काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले नताको पीडा नबुझेको बताएका छन् ।
आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले जनताको दुःख महसुस गर्न नसकेको बताएका हुन् । जनताको दुःख बुझ्न मन्त्रालयको एसीमा बस्ने होइन सडकमा जानुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘जनताको पीडा महसुस हुनुपर्यो। एसीको कोठा छ, एसी भएकै गाडी छ, घरमा पनि एसी छ,’ साम्पाङले प्रश्न गरे, ‘दिनभर ग्यासको लाइनमा बस्नेको पीडा कहिले बुझ्ने हो ?’।
उनले देशमा न्याय पाउने अवस्था पनि नरहेको बताए । ‘न्याय पनि छैन यो देशमा। उदाहरणका लागि माइतीघर जाँदा हुन्छ। कति महिनादेखि मान्छे बसिरहेका छन्,’ उनले भने, ‘उनीहरूलाई भेट्न मन्त्री जानु भयो ? जानुस्। मन्त्रालयमा एसीको हावा खादै देश भेट्न सकिँदैन। सडकमा गएर बुझ्नुपर्यो।’















प्रतिक्रिया