१ कार्तिक २०८३, आइतबार

सवारी ज्यान मुद्दामा वडा अध्यक्षसहित २ जना पक्राउ

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट । सवारी ज्यान मुद्दामा रौतहटको मौलापुर नगरपालिका–३ का वडाध्यक्ष महेश महतो कोइरीसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वडाध्यक्ष कोइरी र मौलापुर नगरपालिका–३ कै २८ वर्षीय त्रिकिशोर कुशवाहा रहेका छन् । दुवै जनालाई सोमबार पक्राउ गरी घटनाबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार २०८२ साल असार ६ गते दिउँसो करिब १ः४० बजे मौलापुर नगरपालिका–३ स्थित विद्युत् कार्यालय नजिक मौलापुर–जयनगर सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

वडाध्यक्ष कोइरीले चलाएको ना. २५ प १२२५ नम्बरको मोटरसाइकल र त्रिकिशोर कुशवाहाले चलाएको प्रदेश २–०३–००७ प ६६६५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा त्रिकिशोरको मोटरसाइकलको पछाडि सवार स्थानीय २० वर्षीय निरज कुशवाहा घाइते भएका थिए ।

गम्भीर घाइते निरजको उपचारका क्रममा गत माघ १७ गते बिहान करिब १०ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएपछि सवारी ज्यान मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा फरार रहेका वडाध्यक्ष कोइरी र मोटरसाइकल चालक त्रिकिशोरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर भरत केसीले बताएका छन् ।

प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।