हेटौंडा । सामाजिक सञ्जाल फेसबुकमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले)का नेता डोरमणि पौडेल लगायतका नेताहरूप्रति अपमानजनक भाषा प्रयोग गरेका एक जना युवाले माफी मागेका छन् ।
रौतहटको चन्द्रपुर–४ घर भई हाल हेटौंडामा बस्दै आएका बैकुण्ठ अधिकारीले आफूले सामाजिक सञ्जालमा लेखेको गालीगलौजपूर्ण अभिव्यक्तिप्रति आज माफी माग्दै अबदेखि कसैप्रति पनि अपमानजनक भाषा प्रयोग नगर्ने प्रतिबद्धता जनाएका हुन् ।
अधिकारीले आफूबाट गल्ती भएको स्वीकार गर्दै आगामी दिनमा लहडमा लागेर कसैलाई गालीगलौज नगर्ने बताए । उनले सबैको साथ, सहयोग र सहकार्यमा अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
उनले सामाजिक सञ्जालमा संयमित र जिम्मेवार बन्ने जनाउँदै कसैको सम्मानमा आँच पुग्ने खालका अभिव्यक्ति नदिने बताए ।















प्रतिक्रिया