१ कार्तिक २०८३, आइतबार

संविधानसभा सदस्य दीपक केसीको निधन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्युठानका अग्रज कम्युनिष्ट नेता संविधानसभा सदस्य दीपक केसीको ८५ वर्षको उमेरमा निधन भएको छ ।

उनको ८५ वर्षको उमेरमा आइतबार राति निधन भएको ज्वाइँ रेशमबहादुर थापाले जानकारी दिएका छन् ।

लामो समयदेखि वामपन्थी राजनीति र सामाजिक आन्दोलनमा सक्रिय केसी प्युठानका एक अभिभावक व्यक्तित्वका रूपमा चिनिन्थे । उनी संविधानसभा २०६४ का सदस्य समेत हुन् ।

उनी पछिल्ला वर्षहरुमा विभिन्न रोगहरुसॅंग जुधिरहेका थिए । मुटु रोग, निमोनिया लगायतका समस्या देखिएपछि उनी राजधानीका विभिन्न अस्पतालमा उपचार गराइरहेका थिए ।

उनको अन्त्येष्टि आज दिउँसो १२ बजेतिर प्युठानको खरिवोट नजिक झिमरुक खोलाको किनारमा गरिने परिवारले जनाएको छ ।