१ कार्तिक २०८३, आइतबार

हेटौंडामा बोरामा बाँधेर फालेको अवस्थामा महिलाको शव फेला

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ सेल्फी रोडस्थित सामुदायिक वनमा बोराभित्र बाँधेर खाल्डोमा फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार दिउँसो च्याउ टिप्न जंगल गएका स्थानीयले सेतो बोरामा बाँधेर खाल्डोमा फालिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार बोरा खोलेर हेर्दा अन्दाजी ३०/३२ वर्षको जस्तो देखिने महिलाको शव फेला परेको हो ।

मृतकको नाम, थर, वतन नखुलेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा तालिम प्राप्त कुकुरसहितको टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शव हेटौंडा अस्पताल ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।