१ कार्तिक २०८३, शनिबार

शेरबहादुर देउवाले काँग्रेस इतर पक्षको भेलालाई सम्बोधन गर्ने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यही साउन २६ गते स्वदेश फर्किन लागेका नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले संस्थापन इतर पक्षको भेलालाई सम्बोधन गर्ने भएका छन् ।

इतर पक्षले साउन २९ गते आयोजना गरेको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने भएका हुन् । विशेष महाधिवेशन अस्वीकार गर्दै देउवा पक्षले छुट्टै क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।

जेनजी आन्दोलनमा घाइते भएका देउवा उपचारका लागि भन्दै गत फागुन १३ गते सिंगापुर गएका थिए ।

उनी सिंगापुरबाट हङकङ गएर बस्दै आएका छन् । पूर्वमन्त्री एवम् देउवा पत्नी आरजु राणा देउवा भने तत्काल स्वदेश नफर्किने बताइएको छ ।