१ कार्तिक २०८३, शनिबार

सम्पत्ति शुद्धीकरणको मुद्दामा चक्रे मिलनलाई सफाइ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गुण्डा नाइके मिलन गुरुङ ‘चक्रे मिलन’ ले सम्पत्ति शुद्धीकरण मुद्दामा सफाई पाएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र मेघराज पोखरेलको संयुक्त इजलासले विशेष अदालतको सफाइको फैसलालाई ८ वर्षपछि सदर गरेको हो ।

विशेष अदालतको फैसला बदरको माग गर्दै सरकारले २०७५ जेठ ३० गते सर्वोच्चमा पुनरावेदन गरेको थियो ।

गुरुङले करिब ८ करोड रूपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको दाबी गर्दै मुद्दा दायर गरिएको थियो ।