१ कार्तिक २०८३, शनिबार

प्रहरीको गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रूकुम पश्चिम । रूकुम पश्चिममा प्रहरीको गाडीले ठक्कर दिँदा एक किशोरको मृत्यु भएको छ ।

बिहीबार बेलुकी पौने ८ बजेतिर मुसिकोट नगरपालिका–८ ताबलेस्थित मध्यपहाडी लोकमार्गमा जिल्ला कारागार कार्यालय रूकुम पश्चिमको बा.प्र. ०३००१ च ३९५६ नम्बरको भ्यानले क.प्र. ०३–००१ प ०७६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा आठबिसकोट नगरपालिका–८ स्थायी घर भई हाल मुसिकोट नगरपालिका–१ मठमा बस्दै आएका १८ वर्षीय निवास बोहराको मृत्यु भएको हो ।

मोटरसाइकल चालक गम्भीर घाइते छन्। मोटरसाइकल चालक आठबिसकोट नगरपालिका–१० का २० वर्षीय गणेश शाहीको बाँकेको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले गाडीका चालक मुसिकोट–२ रावतखेतका ५१ वर्षीय टेकबहादुर पुनलाई पक्राउ गरेको छ ।