१ कार्तिक २०८३, आइतबार

रेखा थापाको व्यंग्य– देश बन्दैछ फेसबुकबाट

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापाले सरकारको कार्यशैलीप्रति व्यंग्य गरेकी छन् ।

उनले आफ्नो सामाजिक सञ्जालमार्फत फेसबुकमा छोटो टिप्पणी गर्दै ‘देश बन्दैछ फेसबुकबाट’ लेखेकी हुन् ।

रेखाको उक्त अभिव्यक्तिलाई सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक सञ्जालमा देखाउने प्रचारमुखी गतिविधिप्रति लक्षित व्यंग्यका रूपमा हेरिएको छ ।

पछिल्लो समय मन्त्रीहरू तथा सत्तारुढ सांसदहरुले सामाजिक सञ्जालमार्फत प्रचारमुखी गतिविधि देखाउने क्रम बढिरहेका बेला थापाको उक्त टिप्पणी आएको हो ।

प्रमुख प्रतिपक्ष दल लगायतका दलहरूले पनि पछिल्ला दिनमा सरकारको कामकारबाही प्रभावकारी हुन नसकेको भन्दै आलोचना गरिरहेका छन् । सुशासन, सेवा प्रवाह लगायत जनजीविकासँग सम्बन्धित विषयमा सरकार चुकिरहेको आरोप उनीहरुको छ ।

राजनीतिक वृत्तबाट सरकारमाथि आलोचना भइरहेका बेला कलाकारहरुले पनि सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउने क्रम बढेको हो ।