सिरहा । सिरहामा हिन्दू–मुस्लिम समुदायले संयुक्त रूपमा आयोजना गरेको संयुक्त श्रद्धाञ्जली कार्यक्रममा रास्वपा सांसदले भाँडभैलो मच्चाएका छन् ।
सद्भाव कायम गर्ने उदेश्यले आयोजित कार्यक्रममा सांसद तपेश्वर यादवले भड्काउपूर्ण अभिव्यक्ति दिएपछि भाँडभैलो भएको हो ।
दुवै समुदायका साथै व्यवसायी लगायतको सहभागीता रहेको कार्यक्रममा सांसद यादवले गोलबजारका केही राजनीतिक दल तथा व्यक्तिलाई लक्षित गर्दै अभिव्यक्ति दिएपछि तनाव भएको हो ।
रास्वपाका कार्यकर्ता र अन्यबीच केही बेर भनाभन समेत भएको थियो ।
महोल बिग्रने देखिएपछि प्रहरीले सांसद यादवलाई कार्यक्रम हलबाट बाहिर निकालेको थियो ।















प्रतिक्रिया