१ कार्तिक २०८३, आइतबार

कांग्रेस आधिकारिकता विवाद : देउवाको पुनरावलोकन निवेदन सर्वोच्चको पूर्ण इजलासमा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा परेको पुनरावलोकन निवेदनमा आज सुनुवाइ हुँदैछ ।

कांग्रेसको आधिकारिकतासम्बन्धी सर्वोच्च अदालतले दिएको आदेशविरूद्ध निवर्तमान सभापति शेरबहादुर देउवाले दिएको पुनरावलोकन निवेदनमा आज सुनुवाइ हुन लागेको हो ।

देउवाले दिएको पुनरावलोकन निवेदनमा आज पूर्ण इजलासमा सुनुवाइ हुनेछ ।

देउवाको पुनरावलोकनको सुनुवाइ प्रधानन्यायाधीश मनोज शर्मा, न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासमा परेको छ ।

पूर्ण इजलासमा भएको सुनवाइपछि सम्भवतः आजै निर्णय आउनसक्ने अनुमान गरिएको छ ।