१ कार्तिक २०८३, शनिबार

सुनकोशी नदीमा हाम फालेर दम्पती बेपत्ता

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे। काभ्रेपलाञ्चोकस्थित सुनकोशी नदीमा हाम फालेर एक दम्पती बेपत्ता भएका छन् ।

मंगलबार साँझ करिब ६ः३० बजे भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट मण्डनदेउपुर नगरपालिका–७ का ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली सुनकोशी नदीमा हाम फालेका हुन् ।

प्रहरीका अनुसार तिलकुमारी लामो समयदेखि बोन म्यारो क्यान्सरबाट पीडित रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

घटनापछि इलाका प्रहरी कार्यालय दोलालघाट र प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरी टोलीले बेपत्ता दम्पतीको खोजी कार्य तीव्र पारेको छ।

हालसम्म दुवै जनाको अवस्था खुल्न सकेको छैन ।