१ कार्तिक २०८३, शनिबार

कोशीमा हिक्मत कार्की नेतृत्वकै सरकारले निरन्तरता पाउने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । कोशीमा मुख्यमन्त्री हिक्मतकुमार कार्की कै नेतृत्वको सरकारले निरन्तरता पाउने भएको छ ।

आज पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि कार्की नेतृत्वकै सरकारले निरन्तरता पाउने सहमति भएको हो ।

प्रदेश सरकारका विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा मुख्यमन्त्री कार्की, पार्टीका कोशीका अध्यक्ष घनश्याम खतिवडा, सचिव राजकुमार भण्डारीबीच छलफल भएको थियो ।

उपयुक्त समयमा पार्टी अध्यक्ष ओलीले निर्णय लिने र त्यसै अनुरूप अगाडि बढ्ने सहमति भएको बताइएको छ ।