काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परेर ज्यान गुमाएका निर्मल पूर्जासहित तीनजनाको शव आधार शिविरमा ल्याइएको छ ।
पूर्जासहित जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव आधार शिविरमा ल्याएको हो ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका मिङमा डेभिड शेर्पाको नेतृत्वमा शव संकलन गरिएको हो । पूर्जासहितको टोली हिमपहिरोमा परेको खबर पाएलगत्तै सांसद शेर्पा टोलीसहित पाकिस्तान गएका थिए ।
सांसद शेर्पाका अनुसार तीन आरोहीको अझै शव भेटिएको छैन । हिमपहिरोमा परेर ६ जना नेपालीसहित दश जनाको मृत्यु भएको थियो।















प्रतिक्रिया