१ कार्तिक २०८३, आइतबार

तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु, २ घाइते

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी । नवलपरासी (पश्चिम)को पाल्हीनन्दन गाउँपालिका–२ हरपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार दुई जना घाइते भएका छन् ।

अनियन्त्रित भई भएको उक्त दुर्घटनामा परी मृत्यु हुनेमा भारतको कुशीनगर जिल्ला, रामकोला गाउँ घर भएका २५ वर्षीय विजय चौहान रहेका छन् । दुर्घटनालगत्तै गम्भीर घाइते भएका चौहानको सिद्धार्थ सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भारत घर भएका २३ वर्षीय सतिसकुमार चमार र रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ बस्ने ३६ वर्षीय कमल राना घाइते भएका छन् ।

भारतीय नम्बर प्लेटको यूपि ५७ बिपी ४१६२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।