१ कार्तिक २०८३, आइतबार

देशका विभिन्न स्थानबाट १० थान भरूवा बन्दुक बरामद

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बादुकस्थित बादुक सामुदायिक वनबाट भरूवा बन्दुक ३ थान शनिबार बिहान प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट तिप्ल्याङबाट खटिएको प्रहरीले उक्त बन्दुकहरू फेला पारी बरामद गरेको हो ।

यस्तै, प्युठानको झिमरूक गाउँपालिका–१ ओखरेनी खोला किनाराबाट भरूवा बन्दुक २ थान शनिबार बिहान प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट सौतामारेबाट खटिएको प्रहरीले उक्त बन्दुकहरू फेला पारी बरामद गरेको हो ।

यसैगरी, संखुवासभाको चैनपुर नगरपालिका–११ मलाटे सामुदायिक वनबाट भरूवा बन्दुक ३ थान र सलाईको बारूद करिब ५० ग्राम शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट सभाखोलाबाट खटिएको प्रहरीले उक्त बन्दुकहरू फेला पारी बरामद गरेको हो ।

स्याङ्जाको बिरूवा गाउँपालिका–५ तल्लो शिखरस्थित सडक नजिक झाँडीबाट एकनाले भरूवा बन्दुक एक थना शनिबार बिहान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा समेतबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

त्यस्तै, बाजुराको गौमुल गाउँपालिका–१ अम्लिसस्थित सूर्योदय सामुदायिक वनबाट भरूवा बन्दुक एक थान शनिबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय गौमुलबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।