मोरङ । रतुवामाई नगरपालिका–१० सोमबारेबाट अवैध लागूऔषध गाँजा १ हजार ३३ किलो ४ सय ८४ गाँजासहित एक जना पक्राउ परेका छन् ।
धनकुटा पाख्रीबास नगरपालिका–९ हिले बस्ने २८ वर्षीय उमेश तामाङलाई शुक्रबार दिउँसो प्रहरीले गाँजासहित पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय सिजुवा समेतबाट खटिएको प्रहरीले उर्लाबारीबाट आमबारीतर्फ आउँदै गरेको को. १ ख ४३७३ नम्बरको मिनिट्रक जाँच गर्ने क्रममा ट्रकमा ३१ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक उमेशलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया