१ कार्तिक २०८३, आइतबार

जनकपुरमा गृहमन्त्रीसँगको वार्तामा हिन्दूवादी संघसंस्थाका प्रतिनिधिले के–के माग राखे ?

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर । धनुषाका विभिन्न हिन्दूवादी संघसंस्थाहरुका प्रतिनिधिहरुले आफ्नो मागबारे सरकारलाई जानकारी गराएका छन् ।

शनिबार जनकपुरधाममा गृहमन्त्री सुदन गुरुङसँगको पहिलो चरणको वार्ताका क्रममा हिन्दूवादी संघसंस्थाहरुका प्रतिनिधिहरुले आफ्नो मागबारे जानकारी गराएका हुन् ।

हिन्दूवादी संगठनका पदाधिकारीहरुले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने, घाइतेलाई क्षतिपूर्ति दिनुपर्ने, ढुंगामुढा गर्ने मुस्लिममाथि कारबाही गर्नुपर्ने, लाउड स्पिकर बजाउन प्रतिबन्ध लगाउनु पर्ने लगायतका मागहरु अघि सारेका छन् ।

गृहमन्त्री गुरुङले धनुषाको समस्या समाधान नभएसम्म आफू जनकपुरधामबाट नजाने भन्दै सहमतिका लागि गम्भीर प्रयास गर्ने जनाएका छन् ।

पहिलो चरणको वार्ता सकिएसँगै दोश्रो चरणको वार्ताको तयारी भएको छ ।

अर्को वार्ता आजै हुने बताइएको छ ।

वार्तामा गृहमन्त्री गुरुङसहित, रास्वपाका सांसद मनिष झा, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साह, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलसहित सुरक्षा निकायका पदाधिकारी समेत सहभागी छन् ।