काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट ग्यास बिक्री बितरण सुरु गरेको छ ।
बजारमा १४.२ केजीको ग्यास सिलिण्डरको अभाव देखिएपछि निगमले शनिबारदेखि निगमको टेकुस्थित कार्यालयबाट ग्यास बिक्री सुरु गरेको हो ।

काठमाडौं उपत्यकामा बजारीकरण गर्ने केही ग्यास उद्योगहरुको ग्यासको उच्च मागलाई मध्यनजर गर्दै नेपाल ग्यास, एभरेष्ट ग्यास, सुगम ग्यास तथा श्रीराम ग्यासका सिलिण्डरहरु बिक्री वितरण गर्ने व्यवस्था मिलाएको निगमले जनाएको छ ।
निगमले बिक्री सुरु गरेसँगै उपभोक्ताहरु ग्यास दिन टेकु पुगेका छन् ।
त्यस्तै, निगमले ग्यास अभाव भन्ने उपभोक्ताबाट गुनासो आइरहेकोले सम्पूर्ण ग्यास उद्योगीहरुलाई बजारमा ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन निगमले निर्देशन समेत दिएको छ । दैनिक रुपमा माग अनुसारको ग्यासको आपूर्ति भइरहेको निगमले जनाएको छ ।















प्रतिक्रिया