१ कार्तिक २०८३, आइतबार

रोधीघरकी वेटर किशोरी मृत फेला

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० टिसिएन रोडस्थित डेरा कोठाभित्र एक किशोरी मृत अवस्थामा फेला परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चितवनको भरतपुर महानगरपालिका–११ घर भई हाल हेटौंडा–१० टिसिएन रोडमा बस्दै आएकी अन्दाजी १७–१८ वर्षीया अनिशा विक शनिबार बिहान करिब ६ बजे आफ्नै डेरा कोठाभित्र अचेत अवस्थामा फेला परेकी थिइन् ।

उनी हेटौंडा–१० टिसिएन रोडस्थित आरआरएस थकाली रोधीघरमा वेटरका रूपमा काम गर्थिन् ।

साथीहरूले उनलाई तत्काल उपचारका लागि बिहान ६ः१५ बजे हेटौंडा अस्पताल पुर्‍याएका थिए । अस्पतालमा चिकित्सकले ईसीजी परीक्षण गर्दा उनको मृत्यु भइसकेको घोषणा गरेका थिए ।

अस्पतालमा खटिएको प्रहरीमार्फत बिहान ६ः३० बजे घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा एसओसीओसहितको अनुसन्धान टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।