१ कार्तिक २०८३, आइतबार

जनकपुरधाममा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जनकपुरधाममा सद्भाव र्‍यालीपछि कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको छ ।

तनावपूर्ण अवस्था बनेपछि गत बिहीबार दिउँसोदेखि अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार आज बिहान १० बजेदेखि कर्फ्यु हटाई निषेधाज्ञा लागू गरिएको हो ।

सुनसरी घटनाको विरोधमा जनकपुरधामसहित मधेशका विभिन्न जिल्लामा प्रदर्शन भएपछि शान्ति सुरक्षाका लागि प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो ।

यसअघि सुनसरी र सिरहाको लहानमा पनि कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरिएको छ ।