१ कार्तिक २०८३, आइतबार

धनुषामा कर्फ्युपछि जयनगर–जनकपुर–भंगाहा रेल सेवा अनिश्चितकालका लागि स्थगित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश जारी गरेपछि जयनगर–जनकपुर–भंगाहा खण्डमा सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा रोकिएको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय जनकपुरधामले आज एक सूचना जारी गर्दै यात्रुहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर अर्को आदेश नभएसम्मका लागि रेल सेवा स्थगित गरिएको जानकारी दिएको छ ।

कम्पनीले कर्फ्यु कायम रहेसम्म रेल सञ्चालन गर्न नसकिने जनाएको छ ।

रेल सेवा रोकिँदा यात्रुहरूमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै रेल्वे कम्पनीले परिस्थिति सामान्य हुनासाथ सेवा पुनः सुचारु गरिने जनाएको छ ।