१ कार्तिक २०८३, आइतबार

सिरहामा बढ्यो तनाव, गोलबजारको एबी मलमा तोडफोडपछि आगजनी

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जारी कर्फ्यू आदेशका बीच सिरहाको गोलबजारमा रहेको एबी मलमा तोडफोडपछि आगजनी भएको छ ।

सुनसरीको कप्तानगञ्ज घटनालाई लिएर आज बिहानदेखि नै सडकमा निस्किएका प्रदर्शनकारीले एबी मलमा तोडफोडपछि आगजनी गरेका हुन् ।

बिहीबार दिउँसो गोलबजारमा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

कप्तानगञ्ज घटनाको असर अहिले मधेशका विभिन्न जिल्लाहरूमा पनि देखा पर्न थालेको छ ।