१ कार्तिक २०८३, आइतबार

हिंसात्मक गतिविधिमा नलाग्न मधेशबासीलाई अमरेशको अपिल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले पटक–पटक हुने आन्दोलन, जातीय तथा धार्मिक हिंसाले मधेशलाई शान्ति र विकासको मार्गबाट पछाडि धकेलेको भन्दै सम्पूर्ण मधेशबासीलाई एकताबद्ध भएर दीर्घकालीन विकासको यात्रामा अघि बढ्न अपिल गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमा लेख्दै सिंहले आन्दोलन तथा हिंसात्मक गतिविधिका कारण मधेशको भौतिक संरचनामा क्षति पुग्ने, शैक्षिक सत्र प्रभावित हुने, व्यापार–व्यवसाय ठप्प हुने लगायतका समस्याले ठूलो धक्का पुगिरहेको उल्लेख गरे । उनले अब सबै वर्ग र समुदाय मिलेर मधेशको समुन्नत विकासलाई प्राथमिकतामा राख्नुपर्ने समय आएको बताए ।

मधेशले अब हिंसात्मक गतिविधिको बाटो त्याग्दै शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि तथा युवाको रोजगारीजस्ता क्षेत्रमा दीर्घकालीन विकासमा जोड दिन आवश्यक रहेको उनले बताए ।