१ कार्तिक २०८३, आइतबार

लुम्बिनीमा मन्त्रालय संख्या घटाइयो, मुख्यमन्त्री कार्यालयसहित ९ वटा मात्रै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन मन्त्रालयहरूको पुनःसंरचना गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेश सरकार ९ मन्त्रालयमा सीमित हुने भएको छ ।

नयाँ व्यवस्थाअनुसार युवा तथा खेलकुद मन्त्रालय सामाजिक विकास मन्त्रालयमा गाभिएको छ भने उद्योग, पर्यटन तथा यातायात मन्त्रालय खारेज गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई सहरी विकास मन्त्रालयमा समायोजन गरिएको छ भने वन मन्त्रालयमा पर्यटन क्षेत्र थपेर नयाँ संरचना बनाइएको छ । साथै, प्रदेश कृषि सेवाका दुई वरिष्ठ अधिकृतलाई महानिर्देशक पदमा स्थायी नियुक्ति गर्ने निर्णय पनि गरिएको छ ।