काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकामा आइतबारदेखि जारी तनावको अवस्थालाई नजिकबाट निगरानी गर्न सुरक्षा निकायले छ वटा ड्रोन परिचालन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार त्यस क्षेत्रमा सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाउन छ वटा ड्रोन परिचालन गरिएको हो ।
उनले ड्रोनमार्फत क्षेत्रका गतिविधिको सूक्ष्म निगरानी गरिने र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाइने बताए ।
दुई धार्मिक समुदायबीच भएको झडपलाई नियन्त्रणमा लिन तथा घटनास्थलको सूक्ष्म निगरानी र निरीक्षण गर्न ड्रोनको प्रयोग गरिएको हो ।















प्रतिक्रिया