१ कार्तिक २०८३, आइतबार

पूर्वप्रधानमन्त्री भट्टराई अस्पतालबाट डिस्चार्ज

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पतालबाट डिस्चार्ज भएका छन् ।

बुधबार दिउँसो भट्टराईले सामाजिक सञ्जालमार्फत आफू डिस्चार्ज भएको जानकारी गराएका हुन् ।

‘म उपचार गरेर फर्केको छु । उपचारमा संलग्न र स्वास्थ्यलाभको कामना गर्नुहुने सबैमा हार्दिक आभार !’ उनले फेसबुकमा लेखेका छन् ।

भट्टराईलाई चक्कर लाग्ने र वान्ता हुने समस्या देखिएपछि गएराति धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो ।