काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीरमा नेता तथा कार्यकर्ताहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
श्रेष्ठको पार्थिव शरीर आज बिहान ९ बजेदेखि ११ बजेसम्म ललितपुरस्थित कांग्रेसको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली अर्पणका लागि राखिएको छ ।
वरिष्ठ नेता श्रेष्ठको मंगलबार उपचारका क्रममा जावलाखेलस्थित हेलिस अस्पतालमा निधन भएको थियो ।















प्रतिक्रिया