१ कार्तिक २०८३, आइतबार

कपिलवस्तुमा मदिरा बोकेको ट्रकले किच्दा बालकसहित ३ जनाको मृत्यु, एक घाइते

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु । कपिलवस्तुको तौलिहवा–बहादुरगञ्ज सडकखण्डअन्तर्गत महाराजगञ्ज नगरपालिका–२ स्थित गैडहवा चोक नजिकै मदिरा बोकेको ट्रकको ठक्करबाट एक बालकसहित तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बुधबार बिहान करिब ७ः१५ बजे बहादुरगञ्जबाट तौलिहवातर्फ जाँदै गरेको ना ५ ख २३६४ नम्बरको ट्रकले साइकलयात्री, पैदलयात्री तथा मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई उपचारका लागि कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो ।

अस्पतालले तीन जनालाई मृत घोषणा गरेको छ भने एक जनाको उपचार भइरहेको छ ।

दुर्घटनामा स्थानीय १२ वर्षीय आनन्द कश्यप, महाराजगञ्ज नगरपालिका–३ निवासी ७५ वर्षीय भोलई कुर्मी र ४५ वर्षीय विजयकुमार गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।