काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राज्यको ढुकुटीमा अनावश्यक भार पर्नेगरी ठूलो संख्यामा सल्लाहकार नियुक्त गर्ने परिपाटीप्रति असन्तुष्टि जनाएका छन् ।
अर्थमन्त्री वाग्लेको यो असन्तुष्टि प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारको कार्यशैलीप्रतिको कटाक्षका रूपमा हेरिएको छ ।
अर्थ मन्त्रालयमा आयोजित वार्षिक राजश्व समीक्षा बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री कार्यालय र ऊर्जा मन्त्रालयमा रहेका सल्लाहकारहरूको संख्याप्रति व्यङ्ग्य गरे ।
प्रधानमन्त्री कार्यालयमा २७ जना र ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार रहेको कुरा बाहिर आइरहेको उल्लेख गर्दै उनले आफूले भने केवल एक जना मात्र सल्लाहकार नियुक्त गरेको बताए ।
वाग्लेले राज्यको स्रोत–साधनको मितव्ययी उपयोग आवश्यक रहेको उल्लेख गर्दै आवश्यकताभन्दा बढी सल्लाहकार राख्ने अभ्यासले सरकारी खर्च बढाउने र सुशासनको सन्देश समेत कमजोर बनाउने बताएका थिए ।















प्रतिक्रिया