कपिलवस्तु । कपिलवस्तुमा पर्खालले च्यापिएर एक युवाको मृत्यु भएको छ ।
विजयनगर गाउँपालिका–४ मा माटोको पर्खाल भत्काउने क्रममा सोही वडाको ज्योतिनगर बस्ने २४ वर्षीय सुरेश रोकाको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय गणेशपुरका अनुसार त्रिपालनगरमा सन्तोष गुरुङको घरको माटोको पर्खाल भत्काउने क्रममा रोका मंगलबार बिहान करिब ८ बजे पर्खालले च्यापिएर गम्भीर घाइते भएका थिए । घाइते रोकालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
शव पोस्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको गणेशपुरका प्रहरी निरीक्षक महेश आर्चायले बताए ।







प्रतिक्रिया