१ कार्तिक २०८३, आइतबार

आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल चिकित्सक संघले आज (मंगलबार) देशभरका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्दको घोषणा गरेको छ ।

संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण, अस्पतालमा गरिएको तोडफोड तथा आन्दोलनका क्रममा चिकित्सकमाथि भएको दुर्व्यवहारको घोर भर्त्सना गर्दै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गर्दै आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेको हो ।

संघले राज्यबाट चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दमन भएको भन्दै त्यसको विरोधस्वरूप आज देशभरका अस्पतालमा आकस्मिकसेवाबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्न लागेको जनाएको छ ।

संघले आन्दोलनका थप कार्यक्रम सर्वपक्षीय भेलापछि सार्वजनिक गरिने जनाएको छ ।

आन्दोलनमा सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, पत्रकार तथा आम नागरिकलाई साथ दिन आग्रह गर्दै संघले आन्दोलनका कारण बिरामीलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ ।