काठमाडौं । डा. गोविन्द केसीले अनसन तोडेका छन् ।
स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर अनसन बसेका डा. केसी र सरकारबीच सोमबार सात बुँदे सहमति भएसँगै उनले अनसन तोडेका हुन् ।
सहमतिपत्रमा शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटामा ३ सय शय्याको अस्पताल सञ्चालनका लागि तत्काल प्रक्रिया अघि बढाउने, गेटाको सभाबाट पारित भए बमोजिम एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालनका लागि फ्याकल्टी, जनशक्तिको भर्ना, पाठ्यक्रमको स्वीकृति लगायतका शैक्षिक तयारी तुरुन्त पूरा गर्ने, विश्वविद्यालयले ३०० शय्याको शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति र उपकरण खरिद लगायतका अस्पताल सञ्चालनसम्बन्धी सम्पूर्ण व्यवस्था तत्काल गर्ने उल्लेख छ ।
चिकित्सा शिक्षा आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन र प्रचलित मापदण्ड अनुसार मात्र सिट निर्धारण गर्ने, निजी मेडिकल कलेजमा सिट वृद्धि नगर्ने तथा सार्वजनिक शिक्षण संस्थामा आवश्यकताअनुसार सिट विस्तार गर्न सकिने व्यवस्था गर्ने सहमति भएको छ ।
छात्रवृत्ति सम्बन्धी विद्यमान व्यवस्था यथावत् रहने पनि सहमतिमा उल्लेख छ ।








प्रतिक्रिया