काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले सुनसरीको देवानगञ्जमा भएको घटनालाई लिएर गृहमन्त्री सुधन गुरुङको राजीनामा मागेका छन् ।
देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज घटनामा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि बास्कोटाले सामाजिक सञ्जालमार्फत गृहमन्त्रीको जिम्मेवारीमाथि प्रश्न उठाउँदै जवाफदेहीता भए राजीनामा दिन भनेका हुन् ।
बास्कोटाले गुरुङ लक्षित टिप्पणी गर्दै संसद्मा भावुक अभिव्यक्ति दिने तर घटनाको जिम्मेवारी नलिने प्रवृत्तिको पनि आलोचना गरे ।
‘टिओबी प्रतिनिधि संसदको रोष्ट्रममा फेरि सुँक्सुकाउँदै रुन्छ र सभा हलका केही डाँको छोड्दै भक्कानिन्छन । पानी पिउँदै भन्छ– हाम्रा भाईबहिनीमाथि गोली चलेकोमा आफ्लाई कति पीडा भइरहेछ । बाहिर केही रफ्फु मिडिया गिड्गडाउँदै भन्छन– दोष ती मान्छेको थियो, जस्ले गोली खाए । जवाफदेहीता भए राजीनामा देऊ ।’ बास्कोटाले फेसबुकमा लेखेका छन् ।















प्रतिक्रिया