काठमाडौं । गृह मन्त्रालयले सुनसरी घटनाको छानबिन गर्न पाँच सदस्यीय एक समिति गठन गरेको छ ।
गृह मन्त्रालयका अनुसार सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिलाई सात दिनभित्र प्रवेदन बुझाउन भनिएको छ ।
यसअघि आजै गृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी नारायणदत्त पौडेललाई सिंंहदरबार बोलाएर घटनाबारे जानकारी लिएका थिए ।
गएराति सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा दुई समूहबीचको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलीबाट एक युवकको मृत्यु भएको थियो ।
घटनापछि प्रशासनले उक्त क्षेत्रमा आज बिहानबाट अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।















प्रतिक्रिया