१२ श्रावण २०८३, मंगलबार

भन्सार छलीका कपडासहित भारतीय मोटरसाइकल प्रहरीको नियन्त्रणमा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट । रौतहट प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएको अवैध लत्ताकपडा तथा भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार आइतबार परोहा नगरपालिका–३ तेजापाकड र गौर नगरपालिका–१ क्षेत्रमा बोर्डर एक्सन टिम, अस्थायी प्रहरी पोस्ट लौकहा तथा भन्सार सुरक्षा गार्डको संयुक्त गस्ती टोलीले शंकास्पद गतिविधिमाथि निगरानी गर्ने क्रममा उक्त सामान बरामद गरेको हो ।

प्रहरीका अनुसार भारतबाट भन्सार छल्दै ल्याइँदै गरेको बीआर ०५ बीडी ५५७२ नम्बरको भारतीय मोटरसाइकलमा विभिन्न किसिमका लत्ताकपडा लोड गरिएको अवस्थामा फेला परेको थियो ।

बरामद लत्ताकपडाको अनुमानित मूल्य करिब १ लाख ७ हजार १५० रुपैयाँ रहेको छ भने मोटरसाइकलसहित कुल मूल्य १ लाख ६७ हजार १५० रुपैयाँ आँकलन गरिएको प्रहरीले जनाएको छ ।

गस्ती टोली नजिकिँदै गर्दा मोटरसाइकल चालक सवारीसाधन र सामान छाडेर फरार भएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको मोटरसाइकल र लत्ताकपडा आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान तथा कारबाहीका लागि आइतबार साँझ जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।