११ श्रावण २०८३, सोमबार

‘३५ वर्षमा के गर्‍यो ?’ भन्नेहरूलाई नागढुंगा सुरुङमार्गले जवाफ दियो : महेश बस्नेत

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले नागढुंगा–नौबिसे सुरुङमार्गको उद्घाटनलाई एमाले नेतृत्वको सरकारले सुरु गरेको विकासको निरन्तरताको उदाहरणका रूपमा प्रस्तुत गरेका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै बस्नेतले “३५ वर्षसम्म तिम्रो पार्टीले के गर्‍यो ?” भन्दै हिँड्नेहरूका लागि आज उद्घाटन हुन लागेको नागढुंगा–नौबिसे सुरुङमार्ग आफैंमा एउटा बलियो जवाफ हो भन्ने टिप्पणी गरेका हुन् ।

उनले आफूहरूले सुरु गरेका विकास आयोजनाको अहिले उद्घाटन भइरहेको उल्लेख गर्दै “हामीले सुरु गरेको काममा रिबन काटेर उद्घाटन गर्दै गरे हुन्छ । कम्तीमा हामीले बनाएको काम नबिगारेर अगाडि बढाए पनि देशले धन्यवाद नै दिनेछ” भनेका छन् ।

विंस २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको सुरुङमार्गको आज उद्घाटन हुँदैछ ।