११ श्रावण २०८३, सोमबार

आत्मदाह प्रयासपछि गम्भीर घाइते चौधरीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुदूरपश्चिम । आत्मदाहको प्रयासपछि गम्भीर घाइते कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीया ज्योति चौधरीको आज मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत शनिबार साँझ आफ्नै घरभित्र शरीरमा आगो लगाएपछि चौधरी घाइते भएकी थिइन् ।

उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको अवस्थामा आफन्तले तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा भर्ना गरेका थिए ।

त्यहाँबाट थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज रिफर गरिए पनि आफन्तले उनलाई सिधैँ काठमाडौं लैजाँदै गरेका थिए ।

त्यसै क्रममा आज बिहान बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।