१२ श्रावण २०८३, मंगलबार

सुनसरीको देवानगञ्ज र हरिनगरका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाको देवानगञ्ज र हरिनगर गाउँपालिका गाउँपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति दुई समूहबीच भएको झडप नियन्त्रण गर्न सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको थियो भने सर्वसाधारण र सुरक्षाकर्मी समेत घाइते भएपछि प्रशासनले बिहानबाट अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।

झडपका क्रममा सशस्त्र प्रहरीको गोली लागेर देवानगञ्जका ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।