१० श्रावण २०८३, आइतबार

सरकारी वार्ता टोली र डा. केसी पक्षबीच वार्ता जारी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । धनगढीमा अनसनरत डा. गोविन्द केसी पक्ष र नेपाल सरकारका प्रतिनिधिबीच वार्ता भइरहेको छ ।

वार्तामा सरकारका तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल सहभागी छन् भने डा. केसीका प्रतिनिधि डा. अमृत जैसी र पवन थापा छन् ।

शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशनमा सरकारी टोली धनगढी पुगेको हो ।

धनगढीमा बिहीबारबाट २४ औं सत्याग्रह गरिरहेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि शनिबार दिउँसो उनलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो ।

केसी उपचाररत अस्पतालमै वार्ता बसिरहेको हो ।