१० श्रावण २०८३, आइतबार

शिक्षा सचिवले अस्पतालमा पुगेर भेटे डा. केसीलाई, वार्ता भोलि

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेलले अनसनरत डा. गोविन्द केसीलाई भेटेका छन् ।

​चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै बिहीबारदेखि धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा अनसनमा बसेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि शनिबार सेती अस्पतालको आईसीयूमा भर्ना गरिएको हो ।

शिक्षा सचिव पौडेलले डा. केसीलाई अस्पतालमै भेटेका हुन् ।

केसीका सहयोगी डा. अमृत जैसीका अनुसार सचिव पौडेलले केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै सरकार मागका विषयमा संवेदनशील रहेको बताएका छन् ।

सरकारी वार्ता टोलीका बाँकी सदस्यहरू आएपछि भोलि औपचारिक वार्ता हुने तय भएको छ ।