९ श्रावण २०८३, शनिबार

आयुर्वेदिक औषधि गैरकानुनी रुपमा उत्पादन र बिक्री गर्ने ५ जना पक्राउ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आयुर्वेदिक औषधिहरू गैरकानुनी रूपमा उत्पादन तथा बिक्री वितरण गरेको कसुरमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौ कीर्तिपुर नगरपालिका–१ अमृतनगर बस्ने प्युठान घर भएका २६ वर्षीय रामप्रसाद पोख्रेल, ललितपुर महालक्ष्मी नगरपालिका–५ ‍टिकाथली बस्ने ताप्लेजुङ घर भएका २९ वर्षीय आइतमान ताम्लिङ लिम्बु, ३३ वर्षीय उज्वल लिम्बु, ललितपुर महानगरपालिका–७ घर भएका ४२ वर्षीय सन्दिप महर्जन र काठमाडौं टोखा बस्ने नुवाकोट घर भएका ४१ वर्षीय गोकर्ण अर्याल रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काठमाडौंबाट खटिएको प्रहरी उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट अवैध तेल र क्याप्सुल लगायतका विभिन्न आयुर्वेदिक औषधिहरू बरामद गरेको छ ।

प्रहरीले उनीहरूलाई आवश्यक कारबाहीको लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग पठाएको छ ।

Skip This