१० श्रावण २०८३, आइतबार

महिला सेवाग्राहीलाई दुर्व्यवहार गरेको आरोपमा पठाओ चालक पक्राउ

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । महिला सेवाग्राहीलाई दुर्व्यवहार गरेको आरोपमा एक पठाओ चालक पक्राउ परेका छन् ।

महिला सेवाग्राहीलाई दुर्व्यवहार गरेको अभियोगमा पठाओ चालक ललितपुर महानगरपालिका–१४ थसिखेल बस्ने सिराहा मिर्चैया नगरपालिका–५ घर भएका ३४ वर्षीय प्रविनकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रविनले महिला सेवाग्राहीलाई पठाओ बुकिङ गरी सेवा लिने क्रममा सार्वजनिक स्थान र निजको फोन नम्बरमा कल तथा मेसेजद्वारा अश्लिल, अपशब्द बोली दुर्व्यवहार गरेको भन्ने पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।