९ श्रावण २०८३, शनिबार

सांसदलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा दुई रिट दायर

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको पछिल्लो निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।

अधिवक्ता डा. प्रेमराज सिलवाल र मनिराम उपाध्यायले शुक्रबार सर्वोच्च अदालतमा छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गराएका हुन् ।

उनीहरुले स्वकिय सचिव राख्ने निर्णयले राज्यकोषमा अनावश्यक आर्थिक भार र दायित्व थपिने भन्दै सो निर्णय बदर हुनुपर्ने माग गरेका हुन् ।

सर्वोच्चले दुवै निवेदनहरूमाथि आगामी सोमबार प्रारम्भिक सुनुवाइ गर्ने जनाएको छ ।

Skip This